काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका सभापति रवि लामिछानेप्रति जनआकर्षण अझै रहेको पुष्टि हुँदै गएको छ । यसक्रममा रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा करिब २५ लाखले ऐक्यबद्धता जनाएका छन् । रास्वपाले केही दिन अघि पत्रकार सम्मेलन गरेर रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान सञ्चालन भएको २५ दिनको तथ्यगत जानकारी दिएको हो ।
अभियानका संयोजक दिपक बोहराले हालसम्म २४ लाख ५७ हजार ६१८ जनाले सभापति लामिछानेको पक्षमा हस्ताक्षर गरेको बताए । पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा रास्वपाले सभापति लामिछानेले भैरहवा कारागारबाट जारी गरेको अपिल बोकेर असार ७ गतेदेखि हस्ताक्षर अभियान चलाइरहेको छ ।
संयोजक बोहराका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ लाख ३९ हजार ६८ हस्ताक्षर संकलन भएको छ । यति ठूलो संख्यामा सभापति लामिछानको पक्षमा हस्ताक्षर हुनुले रास्वपाप्रति जन आकर्षण बढ्दै गएको पुष्टि हुन्छ ।








