हामी(सुदामा ) १५औं वर्षमा प्रवेश

सम्पादकीय

हामी आजदेखि नियमित प्रकाशनको १४वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेका छौं । यो किशोरावस्थामा आइपुग्न यहाँहरुको साथ, सहयोग र मायाले नै सफल भएको हामीले महसुस गरेका छौं । यो किशारावस्थाबाट युवा अवस्था हुँदै वृद्धवस्थासम्म पुग्न पनि यहाँहरुकै थप मायाँ ममता र सहयोगको हामीले अपेक्षा गरेका छौं ।
बजारमा अनगिन्ती रुपमा प्रकाशित हुँदै आइरहेको विभिन्न पत्रपत्रिकाहरुमाँझ आफुलाई उपस्थित गराएर उनीहरुसँग प्रतिस्पर्धा गर्दै र विभिन्न आरोह अवरोह पार गर्दै र विभिन्न खाले समस्याहरु पार गर्दै पाठकहरुको हातमा आफ्नो प्रकाशन पुर्याउन सक्नु आफैमा आत्मगौरव भएको हामीले ठानेका छौं ।
कतिपय मिडियाले पित पत्रकारिता गरेर अर्थ आर्जन गर्दछन् भनेर केही व्यक्तित्वहरुले आरोप लगाइरहेको बेला सुदामाले त्यस आरोपलाई चिर्दै मौलिक र खोजमुलक समाचार सम्प्रेषणमा विशेष जोड दिदै आफ्नो दायित्वमा अडिग रहेको यहाँहरुलाई अवगत भएकै हुनुपर्दछ । पाठक वर्गको चाहना र समयको पनि माग भए अनुसार सुदामाको नाममा अनलाइन पोर्टल ९सुदामा डटकम० विधिवत दर्ता गरी नियमित सञ्चालनमा ल्याएका छौं । हामीद्वारा सम्प्रेषित जनपक्षीय समाचारलाई अनलाइनतर्फ लाने बारम्बारको प्रयासपछि अहिले हामी सो अनलाइनको दोस्रो चरणको नविकरण गर्ने तयारीमा छौं । हामीले सुदामा साप्ताकि समाचार र दैनिक समाचार आफ्नो अनलाइन पोर्टलमा अपलोड गरिरहेका छौं । तसर्थ सुदामा डटकम गरी न्युजहरु नेत्रपान गर्न आग्रह समेत गर्दछौं ।
हामीलेसुदामा हरके कोणबाट र बाधा अड्चनको कुनै परवाह नगरी आफ्नो गुणस्तरीयता बढाउँदै आएको तथ्य पनि यहाँहरुलाई अवगत भएकै हुनु पर्दछ । हामी आफ्नो लगनशीलता र प्रकाशनप्रति अहोरात्र खटेर लागेकोदेखि त्यसको कदर गर्दै आआफ्नो क्षेत्रबाट सहयोग गर्दै आउनु भएका विज्ञापनदाता, लेखकवर्ग, पाठकवर्ग, कम्प्युटर अपरेट, छापाखान र शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोग पाइराख्ने अपेक्षा गर्दछौं । यहाँहरुको सानो साथ सहयोग पनि हाम्रा लागि ठूलो हुने हामीले ठानेका छौं ।

LEAVE A REPLY