म बाचुञ्जेल कम्युनिष्ट आन्दोलनको झण्डा झुक्न दिन्नः बामदेव गौतम

काठमाडौं । एमालेका पूर्व हस्ती बामदेव गौतम नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग कुम जोड्न पुगेका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विगतमा एमालेकै चर्चित नेता भए पनि पछिल्लो समय एमालेसँग मिल्न नसकेर अलग अलग पार्टी खोलेर बसेका थिए । पछिल्लो समय एक्ला एक्लै रहँदा पार्टी कमजोर हुने सोचले गत शुक्रबार राष्ट्रिय सभागृहमा नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एसबीच एकता घोषणा कार्यक्रममा गौतम र नेपालबीच कुम जोडाजोड भएको हो
पार्टी एकता गर्ने शिलशिलामा गौतमले तत्कालिन अवस्थामा खनाल पार्टी अध्यक्ष भएको बेला के.पी.शर्मा ओलीले पदबाट हटाउन खोजेको तर हटाउन आफुले नदिएको बताए । कार्यक्रममा गौतमले भने ‘कम्युनिष्ट आन्दोलनको झण्डा झुक्न दिइदैन । आफु समय वर्षसम्म बाँच्ने र त्यतिबेलासम्म कम्युनिष्ट झण्डा झुक्न दिन्न । किनकी यो देश हाम्रो हो । यो देश हाम्रो पुर्खाले हामीलाई सुम्पिएको हो । हामीले समाजवाद निर्माण गरी पुर्खाको सपना पुरा गर्नुपर्छ । हामी त्यसका लागि तयार हुनुपर्छ । अब म दिलोज्यान दिएर समाजवाद निर्माणमा लाग्छु । यसमा सबैको साथ सहयोग चाहिन्छ । यसका लागि सिंगो समाज नै लाग्नुपर्दछ । ४ वर्ष अगाडि म यो पार्टीमा आएको भए समाजवाद निर्माण भइसक्थ्यो किनकी म लागेपछि हुन्छ ।’
कार्यक्रममा नेपाल र गौतमले पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेपछि नेपालले गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरियातको वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति गर्दै जिम्मेवारी दिने विषयमा कुनै शंका नगर्न आग्रह गरे । नेपालले भने ‘गौतम व्यक्ति मात्र नभएर आन्दोलन पनि हो ।’

LEAVE A REPLY