काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताउनु भएको छ ।
कर्णालीका केन्द्रीय सदस्यहरुलाई राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिनु भएको थियो । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष ओलीलेदुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता ले भने । स्रोतका अनुसार कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’।
भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै अध्यक्ष ओलीले भन्नु भयो , राष्टपतिका लागि माधव नेपाल र झलनाथ खनाललाइ प्रस्ताव राखेँ तर फर्केर फेरी सक्रिय राजनीतिमा आउन पाईदैन भन्दै उहाँहरुले राष्ट्रपति बन्न मान्नु भएन । त्यसैले सक्रिय राजनीतिमा फर्किन नपाइने भएकोले विद्याभण्डारीलाई दोस्रो पटक पनि राष्ट्रपति बनाउन आफूले जोड बल गरें ।








