आज कुनकुन प्रदेशमा गरींदै छ मध्यम वर्षा र भारी वर्षाको पूर्वानमान ?

काठमाडौं ।लामो समयको खडेरी पछि हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भइरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।

LEAVE A REPLY