काठमाडौं । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएको छ । । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ गए राति ११.३० बजे स्वदेशफर्किनु भएको हो। उहाँ साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएर फर्किनु भएको हो ।
उक्त कार्यक्रममा उहाँले“विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गर्नु मएको थियो भने, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नु भएको थियो ।








