काठमाडौं । विगतदेखि वर्तमानसम्म इमान्दार निष्कलंक र निर्भिक प्रशासनको छवि बनाउनु भएका र प्रलोभनमा कहिल्यै नपर्नुभएका खरो स्वभावका अख्तियार प्रमुख प्रेमकुमार विरुद्ध उजुरी दिएर अनावश्यक बखेडा भिकिदैछ । उनलाई फसाउने दुष्प्रयास कस्ले र किन गर्यो ऐनाझैं छर्लंग नै छ । अख्तियार प्रमुख राईले ठूला ठूला भ्रष्टाचारका फाइल खोलेर कारवाही अगाडि बढाउन थालेपछि बदला लिनरिस फेर्ने तिनै भ्रष्टका मतियारले बखेडा झिकेको सहजै अनुमान गर्न सकिन्छ । होइन भने बाइडबडी प्रकरणमा कारवाहीमा सिफारिस गरिएको संसदको सार्वजनिक लेखा समितिले ‘क्लिन चिट’ दिएका तत्कािलन पर्यटन सचिव तथा वर्तमान अख्तियार प्रमुख प्रेम कुमार राईविरुद्ध किन विगतको मुद्दालाई कोट्याएर फसाउने दुष्प्रयास गरिदै छ त ?सत्य सँधै सत्य नै हुन्छ, असत्य असत्य नै हुन्छ’ उखानै छ ‘साचो डग्दैन, झुटो टिक्दैन’ त्यसैले आफु विरुद्ध झिकिएको बखेडाप्रति राईले डराउनुपर्ने आवश्यकता देखदैन । किनकी, राई पर्यटन सचिव भएका बेला नेपाल वायु सेवाको वाइडबडी काण्डमा पर्यटन सचिवको नाताले राईलाई मुछिए पनि त्यतिबेलै राईको संलग्नता नभएको पुष्टि भईसकेको थियो । अहिले आएर व्यक्तिगत रिसिइवीमा फसाउन खोज्नु निरर्थक र निन्दनीय छ ।









