सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । मतदानको क्रममा मुख्यमन्त्री शाहले कति मत ल्याउँछन् भनेर सम्सय उत्पन्न भइरहेको अवस्थामा शाहले ३० सांसदको समर्थन पाएका छन् । हाल ५२ सदस्यीय रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ३० सांसदले मत दिएका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सदस्यको मत आवश्यक थियो । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी माओवादीका १०, एकीकृत समाजवादीका ३, राप्रपाका १ र एक जना स्वतन्त्र सांसदले विश्वासको मतको विपक्षमा मत दिए । नागरिक उन्मुक्तिका सातमध्ये ६ जना सांसद बैठकमा अनुपस्थित रहेका थिए । एकीकृत समाजवादीका एक सांसद निलम्बनमा छन् । नागरिक उन्मुक्तिले गत ३० असारमा सरकारलार्य दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत दिएका हुन् । तर नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ निकट कैलाश चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

LEAVE A REPLY