वैदेशिक रोजगार बोर्डद्वारा पौने दुई अर्ब रकम वितरण गरेको जानकारी

काठमाडौं । वैदेशिक रोजगार बोर्डले एक वर्षको अवधिमाआ.व. २०८१÷०८२० वैदेशिक रोजगारीलाई एक अर्ब ८५ करोड अर्थात पौने २ अर्ब रकम प्रदान गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
बोर्डका अनुसार गत आर्थिक वर्षमा १ हजार ५ सय १७ जना नेपाली कामदारले रोजगारीकै क्रममा ज्यान गुमाएका थिए । उनीहरुलाई बोर्डले १ अर्ब २ करोड ३४ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यसैगरी गत आर्थिक वर्षमै अंगभंग भएका र गम्भीर बिरामी परेका ८ सय ६७ जना नेपाली कामदारलाई आर्थि सहायता वापत २४ करोड, ९९ लाख रुपैयाँ प्रदान गरिएको बोर्डले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता लिनेको संख्या १ हजार ३ सय ४७ थियो । बोर्डका निर्देशक एवम् प्रवक्ता गुरु दत्त सुवेदीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि दिइदै आएको विभिन्न ८ प्रकारका कल्याणकारी सहयोगमा यस वर्ष हालसम्मकै सबैभन्दा बढी आर्थिक सहयोग गरेको जानकारी गराए ।
यसैगरी बोर्डले आ।व। २०८१÷०८२ को एक वर्षको अवधिमा १ हजार १ सय ८० जना नेपालीको शव मृतकको घरसम्म पुर्याएको र २ सय ७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको बोर्डले जानकारी गराएको छ । यसैगरी बोर्डले सोही अवधिमा ३ हजार ४ सय ३० जना वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायता प्रदान गरिएको पनि जनाएको छ । सो वापत ४ करोड रुपैया प्रदान गरिएको बोर्डले जानकारी गराएको छ । सोही समयमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४ साय ५८ जनालाई सीपमुलक तालिम दिएको बोर्डले जानकारी गराएको छ ।

LEAVE A REPLY