अघि बढ्यो शिक्षा विधेयक

काठमाडौं । संसदमा विचाराधिन शिक्षा विधेयक अभिलम्व चाडो अघि बढाउन नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग गरेका छन् । सरकार र शिक्षक महासंघबीच केही समयमै शिक्षा विधेयक ल्याउने सहमति भएको भए पनि महिनौ भइसक्दा पनि संसदबाट विधेयक पारित हुन सकेको छैन । त्यसो त लामो समयदेखि संसदीय समितिमा रोकिएको ‘विद्यालय शिक्षा विधेयक २०८० अघि बढ्ने भएको छ । विवादित विषयमा संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति जुटेपछि विधेयक संसदमा पेश गरिने भएको हो । प्रमुख दलका सचेतकहरु, शिक्षा मन्त्री, समितिका सदस्यहरु र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि विधेयक संसदमा पेश गर्न बाटो खुलेको हो । संसदमा पेश गर्न विधेयकको प्रतिवेदन लेखन भइरहेको समिति सभापति अम्मर बहादुर थापाले बताए ।
समितिले विधेयक प्रतिवेदन ७५ प्रतिशत तयार पारिसकेको उनको भनाई छ । अबको एक साताभित्रै प्रतिवेदन तयार पारेर अध्ययनका लागि वितरण र अन्तिम रुप दिएर संसदमा पेश गर्ने समितिको योजना छ ।
सभापति थापाका अनुसार अस्थायी प्रकृतिका शिक्षकलार्य ६० प्रतिशत आन्तरिकको व्यवस्था, बालविकास सहजकर्तालाई शिक्षक नै भन्नुपर्ने लगायतका विषयमा सहमति जुटेको छ । विधेयकको अर्को संवेदनशील विषय शिक्षकको अनुशासन कारवाही प्रक्रियाबारे पनि सहमति जुटेको छ । अब स्थानीय तहले शिक्षकलाई कारवाही गर्न शिक्षा सेवा आयोगको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
यदि यो विधेयक अहिले चर्चामा आए अनुसार नै पारित भयो भने विद्यालय शिक्षामा ठूलो विषय बन्ने छ ।

LEAVE A REPLY