काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउदै िनिजी क्षेत्र र सरकार बीच सकार्य गर्ने हो भनें तुरुन्तै हजारौं मानिसले रोजगारी पाउने अवस्था आउने बताएका छन् ।
आज काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको र अहिले त्यो क्रमशः परिवर्तन हुदैँ गएको बताए।
उनले भने, ‘नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको अवस्था थिएन्। तर अहिले क्रमश निजी क्षेत्रलाई पनि ध्यानमा राखिएको कुरा सबैले महशुस गरेको छ। नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने जुन परम्परा थियो त्यो पनि परिवर्तन हुँदै गएको छ।’
उनले भने, ‘जबसम्म आम नागरिकहरुको चासो निजी क्षेत्रमा सकारात्मक रुपमा बढ्दैँन् तबसम्म रोजगारी सिर्जना गर्न, पूर्वाधार बढाउन सक्दैनौ। रोजगारी सिर्जना गर्ने कुरा धेरै गाह्रो कुरा हो। तर निजी क्षेत्रले सरकारलाई सहयोग गर्ने हो भने हजारौं जनालाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था पनि भएको हुनाले निजी क्षेत्रलाई एकदमै प्राथमिकतामा राख्नुपर्छ।’









