काठमाडौँ । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
यसमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी वृत्त, गौशालाले शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको हो। काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको हो। मृतकका परिवारजनले नै आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार, घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेका थिए।








