काठमाडौं । पर्सा जिल्ला अदालतमा कार्यरत माधव घिमिरे सम्मानीत हुनु भएको छ । पर्सा जिल्लामा कार्यरत ११ जना न्याधिस मध्ये सवै भन्दा बढी मुद्धा फैसला गरे वापत उहाँलाई सम्मान गरिएको हो । उहााले गत आर्चिक वर्षमा गत आर्थिक वर्षमा ९ सय ८३ मुद्धा फैसला गर्नु भएको थियो ।
त्यस्तै सोही अदालतका दीपक खनालले ९ सय ३९ मुद्धा फैसला गरेर दोस्रो हुनु भएको छ । प्रथम हुनेव्यक्तित्व घिमिरेलाई एक भव्य कार्यक्रमका बीच दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।
आ. व .२०८१÷ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
त्यसै गरी न्यायाधीस नन्दकिशोरप्रसाद यादवले सात सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फछ्र्यौट गरेका छन् । त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौँ र पर्सामा गरी छ सय २४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७ मुद्दा फछ्र्यौट गरेका छन् । न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीस रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फछ्र्यौट गरे । पर्सा जिल्ला अदालतले गत आव नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फछ्र्यौट गरेको छ । जबकी गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो गत आवभरिमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य तोकिएको थियो ।








