पूर्वराष्ट्रपति विद्या भण्डारीले अब जिल्ला–जिल्लामा कार्यक्रम लिएर जाने

काठमाडौं । एमालेको भावी अध्यक्ष बन्न राजनीतिमा सक्रियता देखाउँदै पूर्वराष्ट्रपतिको सेवा सुविधा समेत फिर्ता गर्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले पार्टी सदस्यतामा रोक लगाएपछि अब कसरी अगाडि बढ्ने भन्दै भण्डारी मदन भण्डारी फाउण्डेशनमार्फत जिल्ला–जिल्लामा कार्यक्रम लिएर जाने रणनीति बनाउँदै हुनुहुन्छ । पछिल्लो समय उहाँ विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र एमालेमै पनिओली विरोधीसँग नजिकिदै हुनुहुन्छ । पार्टी राजनीतिमा फर्कने चाहना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएपछि तल्लो तहदेखिनै राजनीतिक आधार दह्रो बनाउन र युवाहरुको साथ सहयोग लिन गत शुक्रबार एमाले उपाध्यक्ष समेत भइसक्नु भएकी पूर्वराष्ट्रपति भण्डारी युवा उद्यमीले सञ्चालन गरेको शंखमुलको चिया पसलमा गएर युवाहरुसँग संवाद गर्नुभएको थियो । संवादमा युवाहरुसँग जोडिदै युवाहरुको व्यवसाय र चाहना बुझ्ने चासो राख्नु भएको थियो ।
सरकारले दिएको पूर्वराष्ट्रपतिको सेवा सुविधाको कुनै परवाह नगरी सक्रिय राजनीतिमा आएर देश र जनताको लागि बाँकी समय खर्चिने चाहना राख्नु भएकी भण्डारीले फुटेका कम्युनिष्टहरुलाई एक ढिक्का बनाएर कम्युनिष्ट पार्टी दह्रो बनाउने सोच राख्नु भएको छ । सोही अनुसार भण्डारीले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितसँग एकता गरी कम्युनिष्ट पार्टीको आकार ठूलो पार्न लाग्नु भएको छ । तर चाहना भए पनि तत्काल भनें सम्भव नहुने उहाँक भनाई छ ।

LEAVE A REPLY