सुगौली सन्धि सन १८१६ तिरको सिमा नै वास्तविक सिमाहोः महासचिव पोखरेल

काठमाण्डौ, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुगौली सन्धी सन् १८१६ नै नेपालको वास्तविक सिमा भएको दावी गर्दै नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने र यलमई नेपालले स्वीकार्न नसक्ने बताउनु भएको छ । आज शनिबार घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य भएको बताउनुभयो ।
‘‘दुई छिमेकी राष्ट्रहरूचीन र भारतले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।’’

सरकारको कार्यक्षमता र उपलब्धिबारे बोल्दै पोखरेलले भन्नुभयो, ‘‘अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।’’
उहाँले भन्नुभयो, ‘‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजनाहरू अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’’

 

LEAVE A REPLY