देउवानिवासमा कांग्रेस बैठक बस्दै, बैठक निर्णायक हुने अपेक्षा

काठमाण्डौ, आज नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमाकांग्रेसको बैठक बस्दै छ । बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा उम्मेदवार टुंग्याउने अपेक्षा गरीएको छ
बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा सहभागी हुनेछन् । यसै बैठकमार्फत समितिको नयाँ नेतृत्वबारे अन्तिम निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
साउन २८ गते ‘कुलिङ पिरियड’ विवादका कारण सांसद रामहरि खतिवडाले सभापति पद छोडेपछि समिति नेतृत्व रिक्त रहँदै आएको हो । प्रतिनिधि सभाको नियमअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता भएकाले आजको बैठकलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
बैठकमा यससँगै रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे समेत छलफल हुने संकेत पार्टी नेताहरूले दिएका छन् । यस्तै विवादमा परेका उपसभामुख इन्दिरा राणाका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

 

LEAVE A REPLY