काठमाडौँ, भदौ ९ गते । नेपाली समाजमा तीजको अघिल्लो दिन माइतीले छोरी–चेलीलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने प्रचलन छ ।
प्रचीन कालदेखि दुधबाट बनेको परिकार जस्तै खीर, चाम्रे, ढकनी, पुरी, आलुको अचार र घरमा नै बनाएर दरका रूपमा खाने प्रचलन छ । दर ठाउँ अनुसार भिन्न भिन्न हुने गर्छ । तीजको दर खाँदा जति मिठो हुन्छ स्वास्थ्यका हिसाबले उत्ति नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।
परम्परागत रूपमा खाइने दरमा प्रोटिन, काब्रोहाइड्रेट, क्यालोरी प्रशस्त मात्रामा पाइने हुँदा भोलिपल्ट व्रत बस्न शरीरमा शक्ति प्रदान गर्ने पाटन अस्पतालकी पोषणविद् योगिता सापकोटा बताउनुहुन्छ ।
पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने रमाइलो गरेर तीज मनाउने प्रचलन बढ्दै गएको छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन हुँदा स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने उहाँको भनाइ छ ।








