काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संस्था नेपाल पर्वतारोहण संघ एनएमएको अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाका प्रतिस्पर्धी कुल बहादुर गुरुङलाई ५४ मतले पछि पार्दै शेर्पा विजयी हुनु भएको हो । निर्वाचित शेर्पाले ३४२ मत प्राप्त गर्दा पराजित कुलबहादुर गुरुङले २८८ मत प्राप्त गर्नुभएको थियो । अन्य पदहरुमा प्रथम उपाध्यक्ष र एक जना महिला सदस्य बाहेक शेर्पा समुहले विजयी प्राप्त गरेको छ । शेर्पा समूहबाट प्रथम उपाध्यक्षमा पराजित काजी शेर्पाको पदमा कुलबहादुर गुरुङ समूहका मिङ्मा ग्याबु शेर्पाले विजयी प्राप्त गर्नुभएको छ भने शेर्पा समूहकै पराजित महिला सदस्यमा डोल्मा लामाको ठाउँमा गुरुङ समुहकी दिकी शेर्पाले विजयी प्राप्त गर्नुभएको छ ।
शेर्पा समूहबाट विजय प्राप्त गर्ने भाग्यमानीहरुमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र गुरुङ समुहका सुमी लामाले बराबरी मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यमा माधव कुमार धमला, केदा न्यौपाने, थुप्देन शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, निशा भोटे विजयी भएका छन् । विजयी टिमलाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना।









