काठमाण्डौ , नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा कोलेराको प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ । अझ गरीव वा निम्न वर्गिय जनताहरु पानी नउमाली पीउने गरेका कारण पनि हैजा फैलनेगरेको छ ।








