ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज मित्रराष्ट्र चीनको औपचारीक भ्रमणमा जानु भएको छ । ओलीलेआफू भ्रमण बाट नफर्कियुनजेलका लागि पार्टीको जीम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनु भएको छ ।
चीन भ्रमणमा जानुअघि ओलीले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार एमाले विधान २०४९ संशोधन २०७८० को धारा २१ को उपधारा २० बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार जिम्मेवारी प्रदान गरिएको गौतमले बताए ।

LEAVE A REPLY