१४ भदौ, काठमाडौं । ‘मिस नेपाल २०२५’ को ताज लुना लुँइटेलले पहिरिएकी छिन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपालको ताजपहिरीन का लागि लुना लुँइटेललाई घोषणा गरेको हो ।
उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन् ।
काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भइन् ।
त्यस्तै, अन्य १५ वटा सहविधामा पनि पुरस्कार वितरण गरिएको थियो ।
सह विधामा पुरस्कृत हुनेहरुमा
.हुन्मिस हेल्दि स्किन, आरती थापा
.मिस कन्फिडेन्ट, प्रज्ञिका क्षेत्री
.मिस ग्रिन भिजिनरी, जगदिश्वरी शाह
.मिस प्रिस्टिन, प्रियंका थापा
.मिस टाइमलेस इलिजेन्स, उरुषा भण्डारी
.मिस फेस अफ द इयर, स्मृति श्रेष्ठ
.मिस इम्पावर्ड च्वाइस, दीपशिखा नेपाल
.मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, लुना लुँइटेल
. मिस ब्युटीफुल हेयर, सइच्छा थापा
.मिस पपुलर च्वाइस, उरुषा भण्डारी
. मिस फोटोजेनिक, स्मृति श्रेष्ठ
.मिस फेस अफ फार्मेसी, स्मृति श्रेष्ठ
.मिस ब्युटी विथ अ पर्पस, श्रृष्टि कुमारी तामाङ
.मिस इन्टलेक्चुअल, श्रुति महर्जन र
. मिस वुमन विथ विंग्स, निलिमा पोखरेल रहेका छन् ।









