पार्टी नेतृत्वमा केपीशर्मा ओलीको विकल्प छैनः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी पार्टीको महाँधिवेशनमा एमाले अध्यक्षपदमा केपीशर्माओलीको विकल्पनभएको बताएका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्राक्ष्यक्षकारुपमै हेर्न चाहेको र उहाँले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने धारणा राखेका छन् ।
उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारी भण्डारीको पदीय गरिमा र व्यक्तित्वलाई सम्मान गर्न पनि दलगत राजनीतिमा आउन दिन नहुने तर्क पनि गरे।
‘हाम्रो सम्माननीय पूर्व राष्ट्रपतिज्यूप्रतिको सम्मान, आदरभाव र उहाँको योगदानप्रतिको उच्च मूल्यांकन यथावत नै छ । जुन पार्टीबाट, जुन संस्थाबाट जुन जमिनमा टेकेर हामी त्यो ठाउँमा पुगेका हुन्छौं,’ उपमहासचिव ज्ञवालीले भने, ‘आफ्नो कुनै निश्चित चाहना पूरा भएनन् भने फर्केर त्यही संस्थालाई कमजोर गर्ने गरी कुनै पनि काम कसैले पनि गर्नु हुँदैन भन्ने कुरा हामीलाई थाहा छ । हामी उहाँलाई सिंगै देशको अभिभावकको रुपमा देख्न चाहन्छौं ।’
संविधानले पनि राष्ट्रपति, उपराष्ट्रपति जस्ता राष्ट्रको अभिभावकको रुपमा रहेका व्यक्तिलाई दलीय राजनीतिमा फर्कन नमिल्ने परिकल्पना गरेको समेत दोहोर्‍याए ।
राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा फर्कने कुराले पदीय गरिमाको पनि न्याय नहुने उपमहासचिव ज्ञवालीको भनाइ थियो ।

LEAVE A REPLY