घोषित रुपमै विद्याविरुद्ध ओली

 

काठमाडौं । नेकपा एमालेभित्र घोषित रुपमै अध्यक्ष केपी ओली र विद्या भण्डारी समुहबीच तछाडमछाड चल्न थालेको छ । सो पार्टीको विधान महाधिवेशनको मिति नजिकिदै गर्दा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली इतर समूहप्रति आक्रमक बन्न थालेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई त अनुभवहिन र लालगेडी जस्ता शब्दले होच्याउने मात्रै होइन, भिम रावल बनाउने चेतावनी नै दिएका छन् ।
सदस्यता नविकरणमै बन्देज लगाइएकी भण्डारीमाथि यसरी खनिनु ओली त्रसित मनोविज्ञानमा रहेको बुझिने विश्लेषकको टिप्पणी छ ।
यही भाद्र २० देखि २२ सम्म हुने तय भएको एमालेको विधान अधिवेशनप्रति पनि सर्वत्र चासो छ । केही दिन अघि मात्रै ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई बालुवाटार बोलाएर पार्टीको आन्तरिक राजनीति र पूर्वराष्ट्रपति भण्डारीप्रति आफुले लिएको नीति प्रष्ट्याउँदै ११औं महाधिवेशनमा आफुलाई अध्यक्षमा समर्थन गर्नुपर्ने कारण बारे चर्चा गरेका थिए । त्यही क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी पछि नहटे उनलाई पूर्वउपाध्यक्ष भीम रावललाई जस्तै कारवाही गरेर पार्टीबाट निकाल्नुपर्ने दिन आउन सक्ने चेतावनी दिएका थिए ।
कुनै पनि बेला भण्डारीलाई प्रधानमन्त्री ओलीको अति नजिकको मानिन्थ्यो । ओलीलाई यहाँसम्म ल्याउन पनि भण्डारीको समेत हात रहेको थियो भने भण्डारीलाई राष्ट्रपति बनाउन पनि ओलीको साथ र सहयोग रहेको मानिन्थ्यो ।
नेपाली कम्युनिष्ट आन्दोलनका यी दुई हस्तीलाई आज कसरी शत्रु बनायो मिल्नै नसक्ने अवस्थामा पु¥यायो रु हुन त यति बेला विद्या भण्डारीलाई एमालेका बरिष्ठ नेता ईश्वर पोख्रेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे अघोषित सहयोग देखिन थालेको छ ।
त्यसो त एमाले महाधिवेशनमा फेरि ओलीले जित्लान तर विद्या भण्डारीको पनि एमालेमा बलियो उपस्थिति रहने एमालेका एक नेता बताउँछन् । त्यसो त यही अवस्थामा विद्या भण्डारीले पार्टी खोल्ने हो भने पनि राम्रो जनसमर्थन मिल्ने अवस्था छ । एमालेका तत्कालिन महासचिव मदन भण्डारीको पत्नी भएर मात्र होइन भण्डारीको पनि एमाले भित्र कही न कही जनआकर्षण छ नै । त्यसैले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली अहिलेदेखि नै भण्डारीसँग डराएको देखिन्छ ।

LEAVE A REPLY