८० हजार फौजको जिम्मेवारी खापुङको काँधमा, नियुक्ति भोली गरिने

काठमाडौं । नेपाल सरकारले हाल केन्द्रीय अनुसन्धान ब्यूरोसिआइबीको प्रमुखमा कार्यरत प्रहरी अतिरिक्त महानिरिक्षक चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरिक्षक
आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेसँगै खापुङको काँधमा ८० हजार फौजको नेतृत्व गर्ने जिम्मेवारी आउन लागेको हो । खापुङलाई भोली भाद्र १८ गते नियुक्त गर्ने सरकारको तयारी छ ।
खापुङमा कार्यसम्पादन मूल्याङ्कन, वरिष्ठतम् र प्रहरी संगठनको नेतृत्व गर्न सक्ने क्षमताका आधारमा भावी प्रहरी महानिरीक्षकमा नियुक्त गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । हालका आइजिपी दीपक थापा ३० वर्षे सेवा अवधिका कारण यही भदौ १८ गते अवकासमा जाने भएपछि खापुङले भाद्र १९ गतेदेखि प्रहरी महानिरिक्षकको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
तेह्रथुमको मोराहाङमा २०२७ सालमा जन्मिनु भएका खापुङ २०४३ सालमा उच्च अध्ययनका लागि काठमाडौं आउनुभयो । साथीहरुसँगको संघर्षपूर्ण प्रयासपछि नेपाल ल क्याम्पस प्रदर्शनीमार्गमा भर्ना हुनुभयो । र सोही क्याम्पसबाट स्नातक सकेपछि त्रिभुवन विश्वविद्यालयबाट स्नाताकोत्तर उपाधि हासिल गर्नुभयो । २०५१ सालमा साथीहरुको करकापपछि प्रहरी निरिक्षक इन्सपेक्टरको लागि निवेदन दिनुभयो । लामो प्रतिक्षा र विशेष दरबन्दी सिर्जना पछि २०५२ साल कात्र्तिक २६ गते प्रहरी अधिकृतमा नियुक्त हुनु भयो । नियुक्तिपछि काठमाडौं, सिन्धुली, सिन्धुपाल्चोक, मोरङ्गलगायतका जिल्लामा खटिएर काम गर्नुभयो । २०५६ सालमा मंसिर महिनामा सिन्धुपाल्चोकको माखामा सर्च अपरेशन चलाउने क्रममा उहाँलाई कम्मरमा गोली लागेर पछाडिबाट निस्क्यो । जीवन र मृत्युको क्षणबाट बाँचेपछि भविष्यमा आइजिपी हुने अपेक्षा गर्नु भयो । त्यो अपेक्षा अहिले पुरा भएको छ । उहाँको प्रमोसन २०६४ सालमा डिएसपी, २०७३ सालमा एसपी, २०७७ सालमा एसएसपी, २०८० सालमा डिआइजी, २०८२ सालमा एआइजी हुँदै अहिले आइजिपीमा पुग्नु भएको छ । उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

LEAVE A REPLY