काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेख कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध जनाएका छन् ।
उनले सरकारको निर्णयसँग असहमत व्यक्त गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा असहमति जनाएका छन् । उनले जेनजी युवाहरूले गर्न लागेको विरोध पनि सरकारकै गलत निर्णयका कारण हुन लागेको उनले बताए ।
उनले युवाको आन्दोलन सरकारमा बसेका र उनीहरूको बिचको सोचाइको अन्तर रहेको टिप्पणी गरे ।
‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने जेनजि पुस्ताका होनाहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूको बिचको सोचाइको अन्तर हो’ उनले भने ।








