काठमाडौं । प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका हुन् ।यस सँगै अव प्रतिनिधि सभाको निर्वाचनको मिति आगामी फाल्गुन २१ गते का लागि तोकिएको छ ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।
यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।








