काठमाडौँ । नेकपा एमलेका सचिव योगेश भट्टराईले अब पार्टीलाई पुनर्गठनको आवश्यकता भएको बताएका छन । उनले सामाजिक संजालमार्फत भिडियो सन्देशद्वारा पार्टीको नेतृत्व र कार्यशैली फेर्ने प्रतिबद्धता जनाएका हुन्।
“पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्नेछ । त्यो पुनर्गठन गर्छौं,” उनी भन्छन्, “अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ,नयाँ शिराबाट चल्छ। जनमुखी, युवामैत्री हुन्छ ।”
विगतका कमीकमजोरीको आत्मालोचना गर्दै जनताका अघि माफी माग्ने उनको भनाइ छ ।
नले संसद् विघटन गरिए पनि त्यो संक्रमण अन्त्यको सही बाटो नभएको बताएका छन् । “जेनजीहरूका मागलाई संवैधानिक प्रक्रियाबाटै संसद्बाटै पूरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, उहाँलाई संस बाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो,” भट्टराईले भनेका छन्, । उनले भाद्र २३ गते र २४ गत भएका घटनाको सत्य तथ्य छानविन गरी दोषीमाििथ कडा कारबाही गनृ पनि माग गरेका छन् ।








