काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अबको सरकारको प्राथमिकता भनेको भ्रष्टाचारको जरामै प्राहार गर्नु भएको बताएका छन् । उनले जेनजी आन्दोलनपछि मुलुकलाई केवल सरकार गठनको बहानामा अगाडि नधकेली भ्रष्टाचार उन्मूलनतर्फ गम्भीर कदम चाल्नुपर्ने बताएका छन्।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि बोल्दै उनले आन्दोलनमा बलिदान दिने युवाको योगदानलाई सम्मान गर्ने सबभन्दा ठोस उपाय भ्रष्टाचारी र दमनकारीहरूमाथि कडा कारबाही गर्ने हो भने।
लिङ्देनले भने, “फगत एकथान सरकार बनाउनु मात्रआन्दोलनको आत्मालाई कमजोर पार्ने हो। ।”उनले असफल भएको संविधानलाई नै आधार मानेर देशलाई अघि बढाउन खोज्नु मुलुकलाई असफलताको बाटोमा धकेल्ने चेतावनी पनि दिए।
बैठकले २०४६ पछि उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने माग अघि सारेको छ। साथै, राप्रपाले प्रदेश संरचना तत्काल खारेजी, प्रधानमन्त्रीलाई दुई कार्यकालभन्दा बढी हुने प्रावधान नहुनुपर्ने, सांसदलाई मन्त्री बन्न नदिने, स्थानीय तह गैरदलीय बनाउनेजस्ता व्यवस्थालाई प्राथमिकतामा राखेको छ।
लिङ्देनले भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन, आवश्यक भएको उनकोभनाई छ ।








