काठमाडौँ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको दमनबारे जाँझबुझ गर्न गठन भएको आयोगको बैठकले पाँच जनाको राहदानीपासपोर्ट रोक्का गर्न सिफारिस गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
विज्ञप्ती अनुसार नाम सिफारिस हुनेहरुमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेकक, पूर्व गृह सचिव गोकर्णमणी दवाडी , राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख हुताराज थापा र काठमाडौँका पूर्व सीडीओ छविराज रिजाल रहेका छन् । उहाँहरुले कुनै पनि समयमा आयोगले खोजेको बेला आयोगमा उपस्थित हुनु पर्ने भएको हँदा पासपोर्ट रोक्का गर्न सिफारिस गरेको आयोगको भनाई छ । साथै आयोगले छान्विन कार्य नसके सम्म उपत्यका छोड्न समेत नपाउने व्यवस्था गर्न सिफासि गरेको छ ।








