जीवित देवी कुमारीलाई आज कुमारी घरमा विराजमान गराइयो

काठमाडौं, असोज १४ गते ।इतुम्बहालका आर्यतारा शाक्य जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ
बिहान ढल्को अवस्थित उहाँको निवासमा बाजागाजाका साथ हनुमानढोकासम्म ल्याइ विधिवत पूजाआजा गरी कुमारी घरमा प्रवेश गराइएको हो । नव कुमारीको आगमनसँगै पूर्व कुमारीलाई सम्मानका साथ विदाइ गर्दै कुमारीघरबाट विधिवत रुपमा उहाँको निवाससम्म पुर्याउन गएको हो । आसनमा आशितकुमारी परिपक्व हुनुभन्दा अगाडि नै कुमारी परिवर्तन परम्परा रहिआएकोलाई अनुसरण गरी आजको शुभसाइत कुमारी परिवर्तन भएको चिताइदार गौतम शाक्यले बताउनुभयो

तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी
छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँकुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

LEAVE A REPLY