काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले
पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने,हिजो पटक(पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नुजस्तो हास्यास्पद कुरा अरु कुनै हंदैन। अखिल नेपाल ट्रेड यूनियनको पेरिसडाँडा मा आयोजित कार्यक्रमा प्रचण्डले ‘म ती साथीहरूलाई त्यस्तो वितण्डातिर नलाग्न र आजको आवश्यकतालाई बुझेर निर्वाचन सफल पार्नतिर लाग्न आग्रह गर्न चाहन्छु । यहाँ मैले कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन। यथार्थ यही नै हो। एमालेका साथीहरू पनि निर्वाचनको पक्षमा आउनुस्। सबै मिलेर बृहत् सहकार्य गरौँ। यो नै देशको, संविधानको र लोकतन्त्रको रक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो। यसलाई भाँड्ने कुचेष्टा कसैले नगरौँ।’
प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले देशमा अर्को अराजकता निम्त्याउन खोजेको आरोप समेत लगाए । उनले भने, ‘अन्तरिम सरकारको कार्यभार नै चुनाव गराउनु हो। यो आजको आवश्यकता पनि हो। यसलाई टेक्न छाडेर अर्को कुनै नारा उठाउन थालियो भने फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउनेबाहेक अरू केही हुँदैन। त्यसैले कतै वितण्डातिर नजाउन्।








