दिदीबहिनी नहुनेहरु बालगोपालेश्वर मन्दिरमा भाई टिका लगाउदै

दिदीबहिनी नहुनेका लागिवर्षमा एक दिन अर्थात आजैका दिन काठमाडौंको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यसैगरी, जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । सोही अनुसार त्यहाँ भाइटिका लगाउने काम धमाधम भइ रहेको छ ।

LEAVE A REPLY