ग्लोबल आईएमई बैंकलाई लगातार “ बेष्टबैंक अवार्ड ”
काठमाढडौ, निजी क्षेकोको ठूलो बैंक ग्लोबलआईएमई बैक ग्लोवलफाईनान्स म्याग्जीनको बेस्टबैंक अवार्ड २०२५बाट पुनः सम्मानित भएको छ ।अमेकिामा आयोजित विषेश समारोहमा ग्लोवलफाइनान्सका प्रतिनिधिले ग्लोवल बैंकका अध्क्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सो अवार्ड हस्तान्तरण गरेका हुन् ।
ग्लोवफाईनान्सले त्यस्तो अवार्ड हस्तान्तरण गर्न विश्वसनीयता, वित्तीय स्रोत परिचालन,पहुच विस्तार,रणनीतिक सम्वन्ध स्थापना,व्यसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ लगायत बनाएको र त्यस्तो माप दण्ड भित्र ग्लोवल आईएमई बैंक परेको हुँदा फाईनान्स प्रतिनिधिहरुले ढकाल र रेग्मीलाई सो अवार्डले सम्मान गरेको फाइनान्स प्रतिनिधिहरुको भनाई छ । ग्लोवलआईएमईबैंकले गत साल पनि यस्तै मापदण्ड पुर्याए वापत “ बेस्टबैंक अवार्ड ” २०२४ प्राप्त गरेको सो बैंकले जनाएको थियो । यो अवार्ड सँगै ग्लोवल आईएमई बैक लगातार २ वर्ष ग्लोवलफाईनान्स म्याग्जीनको बेस्टबैंक अवार्डबाट सँम्मानित भएको सो बैंकले जनाएको छ ।
सम्मान प्राप्त पछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस सम्मानले ग्लोवलआईएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउनु भयो ।वहाँले यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपालराष्«बैंक, लगायत अन्य नियामक निकायहरु, सेयर धनी, कर्मचारी तथा सम्मपूर्ण ग्राहकमा खुशी साट्दै हार्दिक आभार व्यक्त गर्नु भयो ।

LEAVE A REPLY