काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल हिजो कतारको राजधानी दोहा भ्रमणमा जानु भएको छ । यही कात्तिक १८ अर्थात आज देखि २० गतेसम्मकता रको दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएको हो।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन कतारप्रस्थान गर्नु भएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले आज कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै छन् ।
संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ ।








