रविलाई बयानका लागि नख्खुबाट सिंहदरबार ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याईएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ ।
जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो । जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट सिंहदरबार ल्याईएको हो ।

 

LEAVE A REPLY