पूर्व प्रधान मन्त्री केपी शर्मा ओली र पूर्व गूहमन्त्री रमेश लेखकलाई सोध पुछ गर्न आयो डराएको हो?

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार वयान लिइए पनि आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।आयोगको यो कार्यले आयोग केपी शर्मा ओली र रमेश लेखकलाई सोध पुछ गर्न डराएको होकि भन्ने तर्क सर्व साधारणमा पर्न थालेको छ । पूर्व प्रधामन्त्री ओलीले यस अधि नै गौरी बहादुर कार्कीको नेतृत्वमा बनेको आयोग लाई नमान्ने र बयान दिन पनि नजाने बताईसकेका छन् ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।तर आयोगले सरकारको नेतवृ गर्ने तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री शमेश लेखकलाई (जिम्मेवार व्यक्ति)हरुलाई लिइएन भनें छानवीनको लक्ष पुरा होला ?
यसै क्रममा नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा झिकाएर वयान लिएको हो ।

 

LEAVE A REPLY