नेपाल प्रहरीको भावी आइजिपी को होला?

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरिक्षकआइजिपी बन्न विगतममा जस्तै यस पटक पनि प्रतिस्पर्धा देखिएको छ । वर्तमान प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ यही कात्र्तिक २७ गते सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् । भाद्र १९ गते मात्रै आइजिपी बनेको खापुङले करिब दुई महिना संगठनको नेतृत्व गरेका छन् । उनको कार्यकाल जेनजी आन्दोलनका हिंसात्मक घटनासँगै व्यतित भयो ।
अब उनको उत्तराधिकारीका रुपमा चार जना अतिरिक्त महानिरिक्षकएआइजी दानबहादुर कार्की, डा।मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाहबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।
भाद्र २३ र २४ को जेनजी प्रदर्शनपछि देशमा राजनीतिक परिवर्तन आएको छ । त्यसपछि बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले अब ३३ औं आईजिपी नियुक्त गर्न लागेको
हो ।
प्रहरी नियमावली २०७१ को दफा ४१ अनुसार सरकारले जेष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता, जिम्मेवारी बहन गर्न योग्यता र मातहतलाई परिचालन गर्ने सामथ्र्यका आधारमा आइजिपी चयन गर्ने व्यवस्था छ । बढुवा समितिको सिफारिसका आधारमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने छन् । अन्तिम निर्णय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषदले गर्नेछ ।

LEAVE A REPLY