काठमाडौं । जेनजी आन्दोलनका संस्थापक सुदन गुरुङले गृहमन्त्रीमाथि आक्रोश व्यक्त गरेका छन् । उनले यो सरकारले जेनजीहरुको मर्म अनुसार काम नगरेको र २०८४ को चुनाव २०८२ मा सार्न मात्र खोजेको, तत्कालिन प्रधानमन्त्री के।पी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई कारवाही गर्न नसकेको, देशभरका हत्यारालाई कारवाही गरभन्दा जेनजीलाई कारवाही गर भन्ने सुनेको लगायतका आरोप लगाएका छन् । उनले आक्रोश व्यक्त गर्ने क्रममा अयोग्य मन्त्री जुकाझैं टाँसिएर पदमा बस्नु राष्ट्रपतिको अपमान भएको बताएका छन् । उनले भनेका छन्, ‘शहिदको रगत सम्झिनुहोस्, आशा र आँशु सम्झनुहोस् काम गर्न नसके पदबाट हटन् बाचा गर्नुहोस् ।’ उनले आफु परिणाम देखाउनका लागि लडेको भन्दै गृहमन्त्री अर्यालले सरकार गठन भएको २ महिना बित्न लाग्दा पनि हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाए । उनले, नेपाली जनता र जेनजीका मागहरु सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिने बताए ।
यता गृहमन्त्री अर्यालले भने आफु विरुद्ध षड्यन्त्र भइरहेको र सामाजिक सञ्जालबाट बुलिङ गरिएको समेत बताउनु भएको छ । मेयर बालेख शाहको कानूनी सल्लाहकार आफु भएको र गृहमन्त्रीमा सिफारिस गरी बालेनले नै पठाएको तर बालेनले भने बमोजिम केपी शर्मा ओली लगायतलाई कारवाही गर्न नसकेको भन्दै मेयर बालेन शाहनै आफु विरुद्ध लागेको गृहमन्त्री अर्यालको भनाई छ ।








