फेरी राप्रपा र राप्रपा नेपाल एकताको संकेत

काठमाडौँ । मुलुकको फरकधारको नेतृत्व गरिरहेका राप्रपा र राप्रपा नेपाल फेरी एकीकृत हुने संकेत मिलेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटी राप्रपा नेपालका नेताहरुले केही दिन अघि पार्टी एकताका लागि औपचारिक प्रस्ताव गरेका हुन् । भ्रष्ट नेताहरुले मंगलबार पार्टी एकताका लागि औपचारिक प्रस्ताव गरेका छन् । राप्रपा नेपालको केन्द्रीय समिति बैठकले आगामी दिनमा गर्ने जनसंघर्ष तथा निर्वाचनमा सहभागितालाई दृष्टिगत गर्दै समान विचारधारा भएका राजनीतिक शक्तिहरुको एकता र सहकार्य गर्ने निर्णय गरेको थियो । सो प्रायोजनका लागि राप्रपा नेपालले वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तेजकुमार कुरुम्वाङ र महामन्त्री राजाराम बर्ताैला सदस्य रहेको वार्ता समिति गठन गरेको थियो । सोही समितिले लिङ्देनलाई भेटी सो प्रस्ताव राखेको हो । भेटघाट र छलफल सकारात्मक रुपमा अघि बढेको जानकारी वार्ता समितिका सदस्य एवम् उपाध्यक्ष तेजकुमार कुरुम्वाङले जानकारी दिएका छन् ।
समान विचार भएकार राजनीतिक दल र शक्तिहरुसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालले वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । राप्रपा अध्यक्ष लिङ्देनसँगको वार्ता सकरात्मक रहेको बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुविकरण, साथै समान विचार भएको समूहबीच सहकार्य र एकताको आवश्यकता बारे गम्भीर छलफल भएको वार्ता टोलीका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले बताए ।

LEAVE A REPLY