युवा पुस्ताको चाहना बमोजिम काम गर्न सरकार प्रतिबद्धःसुशीला कार्की

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व गरिरहनुभएकाी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकार युवापुस्ताको चाहना बमोजिम काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले अष्ट्रेलिया र नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा त्यस्तो अभिव्यक्ति दिनुभएको हो । वक्तव्यका क्रममा कार्कीले भन्नुभयो– ‘नेपालको युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहेका छन् । मेरो सरकारले यो चाहनालार्य पुरा गर्नेछ । हामी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावको तयारीमा छौं ।’
यस्तै प्रधानमन्त्री सुशीला काकीृले २ देशबीचको पारस्परिक सम्मान दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अष्ट्रेलियाका जनताप्रति शुभकामना पनि व्यक्त गर्नुभयो । कार्कीले सम्बोधनकै क्रममा अष्टे«लियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रुपान्तरणप्रतिको समर्थनलाई अत्यन्त मूल्यवान भन्दै कृतज्ञता पनि व्यक्त गर्नुभयो । उहाँले नेपाल र अष्ट्रेलियाबीच औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेका र शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्वपूर्ण क्षेत्रमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।
नेपाल र अष्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एक अर्कालाई समर्थन गर्दे आएको सन्दर्भ अगाडि सार्दै भन्नुभयो– ‘यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रष्ट पारिरहेको छ । नेपालले क्षेत्रीय तथा विश्वशान्ति र स्थिरतालाई अत्यन्त महत्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अष्टे«लियाले खेलेको सकरात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ ।’ हजारौं नेपाली विद्यार्थीले अष्ट्रेलियाका विश्व विद्यालयमा उच्च शिक्षा हासिल गरिरहेको र आज पनि उनीहरु नेपाल र अष्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गर्दै रहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले पर्यटन, प्रविधि तथा नविकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाईरहेको लगानी प्रति खुशी व्यक्त गर्दै अष्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ रहेको बताउनुभयो ।

LEAVE A REPLY