धमाधम बयान लिँदै जाँचबुझ आयोग

काठमाडौँ । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन बारे छानबिन गर्न गठित गौरीबहादुर काकीृ नेतृत्वको आयोगले उच्च पदस्थ व्यक्तिमाथि छानबिन, बयान लिन थालेको छ । यस क्रममा अवकाशमा जान लागेका मुख्य सचिव एकनारायणअर्यालसँग भाद्र २३ र २४ को घटना अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले बयान लिएको छ । मंसिर १० गते अनिवार्य अवकाशमा जान लागेका अर्याललाई विहिबार आयोगको कार्यालयमै बोलाएर बयान लिइएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए । अर्यालसँग सोधपुछभन्दा पनि भाद्र २३ र २४ पछिको अवस्थामा देशको प्रशासन क्षेत्र सञ्चालनका सन्दर्भमा सोधिएको बुझिएको छ ।
नेपाल प्रहरीका निवर्तमान महानिरिक्षक चन्द्रकुवेर खापुङलाई अवकाश लगत्तै सोधपुछका नाममा विदेश भ्रमण र उपत्यका छाड्न प्रतिबन्ध लगाएपछि विवादमा परेको आयोगले मुख्य सचिवलाई भने अवकाश अघि नै बयानका लागि बोलाएको हो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले पुष ९ गतेभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । आयोगले भाद्र २३ र २४ को सन्दर्भमा केही उच्च प्रहरी अधिकारीहरुसँग पनि बयान लिएको प्रवक्ता शर्माले जानकारी दिए ।

LEAVE A REPLY