—भोजकुमारी खड्का
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सच्चिने संकल्प सहित बृहत वाम एकता गरिरहेका छन् । उनले सच्चिने मौका दिन जनतासँग आग्रह समेत गरेका छन् । टुक्रिएका झिनामसिना कम्युनिष्ट मात्र होइनन् नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतका पुराना पार्टीहरु फुट्दै गएर सच्चिने भन्दा सक्किने बाटोतर्फ लागि रहेका छन् । ती पार्टीहरुमा गुट, उपगुट थुप्रै देखिएका छन् । तिनले दललार्य मजबुत पार्नुभन्दा कमजोर पार्नेतर्फ लागिरहेका छन् । यसको प्रमुख कारण हो, दलहरुले जनताका काममा भन्दा दलीय स्वार्थमा लाग्नु र दलभन्दा माथि रहेर जनताका काम गर्नेतर्फ नलाग्नु ।
ठूला राजनीतिक दलका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका ठूला दलका नेताहरुले सरकारको नेतृत्व पटक पटक गरे, दलको नेतृत्व गरिरहेकै छन् तर सच्चिने भन्दा सक्किने बाटोतिर लागिरहेका छन् । २०४६ सालको जनआन्दोलनदेखि २०६२÷०६३ सालको जनआन्दोलनसम्म९१७ वर्ष०को आन्दोलन पश्चात पटक पटक सरकार परिवर्तन भए । ती सरकारले जनताको भलाइका लागि अर्जुनदृष्टि लाउनुभन्दा आफ्नै र आफु वरीपरीका नेता, कार्यकर्ता र आफन्तको हितमा काम गर्नेतर्फ ध्यान दिए । आर्थिक विकास गर्नुभन्दा ऋणको विकास गर्दा देश अहिले ऋणमा चुर्लुम्म डुबेको छ । त्यसैले अब जनतासँग २ वटा विकल्प मात्र छन् । एउटा विकल्प भोट माग्न आउने पुराना दलका नेतालाई कागज गराएर सर्तसहित भोट हाल्ने वा तिनलाई त्यागेर नयाँ दल खोज्ने । हैन भने आगामी निर्वाचनपछि पनि दशा उस्तै हुनेछ । नेताहरु जनता ढाँटन् खप्पीस भइसकेको छन् । जनता ढाँटिएका ढाँटिएकै छन् ।
पार्टी महाधिवेशनको विषलाई लिएर एमाले, कांग्रेस प्रष्ट दुइृ दुई गुटमा छुट्टिएका छन् । एमालेमा ११औं पार्टी महाधिवेशनमा अध्यक्ष कसलाई बनाउने भन्नेमा विवाद छ । त्यस्तै कांग्रेसमा पनि पार्टी महाधिवेशन निर्वाचन अघि गर्ने वा पछि गर्ने भन्ने विवाद छ । यो पनि सभापति पद हात पार्ने र हात पर्न नदिने बीच कै विवाद हो । स्वार्थ बाझिँदा कांग्रेस निर्णयमा पुग्न सकेको छैन । विवादकै कारण एमाले–कांग्रेस फुट्ने सम्भावना पनि त्यतिकै छ । यस्ता क्रियाकलापले पार्टीलाई सच्चिनभन्दा सक्न पट्टि लाग्दछ ।
नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले मुलुक बनाउने संकल्पका साथ एक भएको बताए पनि कुनै बेला विवाद निकाल्न भ्याउने गरेका छन् । सुरुमै विवाद हुनु भनेको एकता जीवन्तसम्म नरहने संकेत हो । यो एकता जनताका काम गर्नका लागिभन्दा पनि पदीय स्वार्थका लागि भएको आम सर्वसाधारणले ठहर गर्दै आएका छन् । निस्वार्थ उद्देश्यले भएको एकता जीवन्त रहन्छ । स्वार्थमा भएको एकता सिमित अवधिको हुन्छ । त्यसैले १०भन्दा बढी बाम घटकहरु मिलेर बृहत एकतामा जुटेका छन् । यो एकता कस्तो र केका लागि भएको हो त्यो समयले बताउला ।








