काठमाडौं । यतिबेला सर्वत्र एमालेको आसन्न निर्वाचनप्रति चासो छ । एमालेले ११औं महाधिवेशनमा नेतृत्वको मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको
छ । एमालेले दशौं महाधिवेशनमा पनि विद्युतीय मेसिन नै प्रयोग गरेको
थियो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार नेतृत्व छनोटलाई छिटो, छरितो र प्रभावकारी बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको र त्यसका लागि टेण्डर प्रक्रिया गर्न लागिएको र त्यसका लागि टेण्डर प्रक्रिया सकेर छनोट प्रक्रिया सुरु भएको छ । ‘नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने टुंगोमा पुगेका छौं । त्यसका लागि टेण्डर आह्वान गरेर कम्पनी छनौट गर्दै छौं ।’ ज्ञवालीले भने ।
त्यसो त एमाले महाधिवेशनका प्रतिनिधि संख्या बढेको छ । २२ सय हाराहारीमा प्रतिनिधि अनुमान गरिएकोमा अन्तिम संख्या यकिन हुँदा २२ सय ५० देखि ७५ सम्म पुग्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।
एमाले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम रुप दिँदै गर्दा भावी नेतृत्वबारे पनि विभिन्न लेखाजोखा हुन थालेको छ । अहिलेसम्म अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मात्र प्रतिस्पर्धा हुने देखिएको छ ।







