एमालेको सचिवमा शेरधनराईको घोषणा

ःकाठमाडौं । नेकपा एमालेका स्थायीकमिटी सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनु भएको छ ।
राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताउदै एमालेको सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । । सञ्चारकर्मीसँग कुरा गर्दैउहाँले पार्टी पदाधिकारीमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गर्नु भयो ।
राईका अनुसार १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिका कारण स्थायी कमिटीमै बस्नुपरेको थियो ।
राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भन्नु भयो“म पार्टीबाट नबरालिएको मान्छे हो । आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु ।”

LEAVE A REPLY