काठमाडौं।शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०७९र८० को दशौँ वार्षिक साधारण सभा राजधानीको राष्ट्रिय सभागृहको हलमासम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष श्री गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको सभाले कम्पनीले पेस गरेका सबै साधारण तथा विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।
सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षकको प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति तथा कम्पनीले आर्जन गरेको खुद नाफाबाट १०प्रतिशत नगद लाभांश करसहित र २.५०प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
यसअनुसार कुल १२.५०प्रतिशत लाभांश वितरण हुने भएको छ। हालको चुक्ता पुँजी ६ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा बोनस शेयर पछि जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब २७ करोड ३२ लाख ७ सय १२ रुपैयाँ ५० पैसा कायम हुने बताइएको छ।
अध्यक्ष गोयलले शेयरधनीहरूले व्यक्त गरेका सुझाव, राय र सल्लाहलाई कम्पनीले आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै कम्पनीको आगामी योजनाबारे संक्षिप्त जानकारी पनि दिएका थिए।
विहान ११ः३० बजे सुरु भएको सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।









