काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ ।
जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । जसमा खुलातर्फ ५जना, महिला ३ र युवा एक हुनेछन् । त्यस्तै खुला कोटातर्फ जम्मा १२५ जना निर्वाचित हुनेछन् । त्यसमध्ये खुला ७१ सबैले प्रतिस्पर्धा गर्न पाउने महिला ५२ जना र युवा २ जना हुनेछन् । जनजाति क्लस्टरमा २५ जना निर्वाचित हुनेछन् । यो क्लस्टरमा खुला १५ जना, महिला ८ र युवा २ जना रहनेछन् ।
मधेसी क्लस्टरमा २० जना निर्वाचित हुनेछन् जसमा खुला ११, महिला ६ र युवा २ जना रहनेछन् । त्यस्तै प्रवास २, श्रमिक ३, अपाङ्गता भएका व्यक्ति १, दलित १२, थारुतर्फ ८ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् ।








