म्याग्दीका प्र. जि. अ.कार्यमुक्त, तानीयो गृहमन्त्रालयमा

काठमाडौं। भिजिट भिसा प्रकरणसँग नाम जोडिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान अघि बढिरहेको जानकारी दिएपछि गृह मन्त्रालयले तिवारीलाई तत्काल कार्यमुक्त गर्दै मन्त्रालयमा बोलाएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह जगेडा मा राखिएको छ। उनको स्थानमा म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव रवीन्द्र आचार्यलाई जिम्मेवारी दिइएको छ। आचार्य यसअघि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा कार्यरत थिए।
तिवारी यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा निजी सचिवका रूपमा कार्यरत थिए। हालै विशेष अदालतमा दायर भएको भिजिट भिसा सम्बन्धी मुद्दामा लेखकसहित तिवारीलगायत केही व्यक्तिको संलग्नताबारे छानबिन भइरहेको अख्तियारले जनाएको छ।
प्रकरणबारे अनुसन्धान जारी रहेकाले थप तथ्य र निष्कर्ष आउन बाँकी रहेको गृह मन्त्रालयले संकेत गरेको छ।

LEAVE A REPLY