काँग्रेसद्वारा ६८ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा पूरक निवेदन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका ६५ जना सांसदसहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा आज पूरक निवेदन दर्ता भएको छ । विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङका अनुसार ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन दर्ता गराएका हुन् ।
भोलि नै संवैधानिक इजलासमा पेसी तोकिएको छ । एमालेले यसअघि नै ७५ जनाको हस्ताक्षरसहित निवेदन दिइसकेको छ । मंगलबार कांग्रेसका ६५ बाहेक स्वतन्त्र, जनमत र जसपाका एक९एक सांसदको गरी ६८ जनाको हस्ताक्षर बुझाइएको हो ।

LEAVE A REPLY