सबै मन्त्रीहरुले ६० दिन भित्र सम्पत्ति विवरण बुझाएः मन्त्री खरेल

पौष ९ , सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री र सबै मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसकेको बताए।
मन्त्री खरेलले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी रहेको उल्लेख गरे।
उनले नियमावली अनुसार बुझाइएको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था रहेको र सार्वजनिक नगर्न सकिने संकेत गरे।

बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रियामा मन्त्री खरेलले ६० दिनभित्रै नियमअनुसार सबैले सम्पत्ति विवरण बुझाइसकेको जिकिर गरेका हुन् ।
‘हामीले नियमअनुसार मन्त्री भएको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउने चलन रहेछ । एक हिसाबले नियम पनि रहेछ’ उनले भने, ‘प्रधानमन्त्री र सबै मन्त्रीहरूले ६० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसको छौं ।’
मन्त्री खरेलले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुराहरू प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको पनि हुने उनले जिकिर गरे ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नु नियमावलीमा गरिएको व्यवस्था अनुकूल नहुने उनले संकेत गरे । ‘नियमावलीभित्र सम्पत्ति विवरण गोप्य रहनेछ भनेर पनि लेखिएको रहेछ । त्यो नियमावली तपाईंहरूले पनि हेर्न सक्नुहुन्छ’ उनले भने, ‘जसले बुझाएको सम्पत्ति विवरण छ, त्यो गोप्य रहनेछ भनेर लेखिएको रहेछ ।’
उनले थपे, ‘यद्यपि, विगतका परिपाटीहरू कतिपय सरकारले सार्वजनिक गर्ने, कतिपयले नगर्ने, कतिपय मन्त्रीले गर्ने कतिपयले मन्त्रीले नगर्ने यो अवस्था रहेछ ।’
मन्त्री खरेलले सम्पत्ति विवरण सार्वजनिक गर्ने नगर्ने कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हातमा रहेको बताए ।

LEAVE A REPLY