सिइओ अशोक शेरचन हाजिर जमानीमा छुटे

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ अशोक शेरचन हाजिर जमानीमा छुटेका छन् ।देवी भट्टचन र कुसुम लामाको आर्थिक हिनामिनामा मुछिएर हप्तौंदेखि सिआइबी हिरासतमा रहेका प्रभु बैंकका शेरचनसहित डिसिइओ मनिराम पोखरेल , जोखिम वयवस्थापन विभाग प्रमुख रिवाज श्रेष्ठ र अर्का कर्मचारी राजेन्द्र शाक्य टोलीलाई उच्च सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको छ ।
गत हप्ता उच्च अदालत,पाटनका वकिलहरु चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले ५ दिनभित्र बयान सक्न अन्तिम पटकलाई म्याद थपेको अधिकार दिएको थियो ।

LEAVE A REPLY